काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारले राज्य सञ्चालनको शैली सुधार्नुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारको नियत र इमानदारीमाथि शंका नभए पनि काम गर्ने ढंगमा सुधार आवश्यक रहेको धारणा राखे।

उनले आफूलाई थाहा नभएको विषय सिक्ने संस्कार नेतृत्वमा हुनुपर्ने उल्लेख गर्दै प्रभावकारी शासनका लागि आत्मसमीक्षा आवश्यक रहेको बताए।

सांसद झाले मधेश, प्रवासी नेपाली र निजी क्षेत्र असुरक्षित महसुस गरिरहेको टिप्पणी गर्दै हालै मधेशमा भएको तनावप्रति सरकार गम्भीर हुनुपर्ने बताए। “आगो निभेको होला, तर दाउरा निभेको छैन,” भन्दै उनले समस्या समाधानमा सरकार सचेत हुनुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com