काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारले राज्य सञ्चालनको शैली सुधार्नुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारको नियत र इमानदारीमाथि शंका नभए पनि काम गर्ने ढंगमा सुधार आवश्यक रहेको धारणा राखे।
उनले आफूलाई थाहा नभएको विषय सिक्ने संस्कार नेतृत्वमा हुनुपर्ने उल्लेख गर्दै प्रभावकारी शासनका लागि आत्मसमीक्षा आवश्यक रहेको बताए।
सांसद झाले मधेश, प्रवासी नेपाली र निजी क्षेत्र असुरक्षित महसुस गरिरहेको टिप्पणी गर्दै हालै मधेशमा भएको तनावप्रति सरकार गम्भीर हुनुपर्ने बताए। “आगो निभेको होला, तर दाउरा निभेको छैन,” भन्दै उनले समस्या समाधानमा सरकार सचेत हुनुपर्ने धारणा व्यक्त गरे।
प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया