काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२८, जितपुरमा बाघको आक्रमणबाट ६५ वर्षीय मंगले बोटेको मृत्यु भएको छ।
बोटे मंगलबार बिहान करिब ५ बजे मर्निङवाकका लागि घरबाट निस्किएका थिए। उनी बेपत्ता भएपछि खोजी गर्ने क्रममा दिउँसो ४ः२० बजे राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
बाघ देखिएको सूचना पाएपछि प्रहरी, नेपाली सेना, राष्ट्रिय निकुञ्ज प्रशासन र स्थानीय जनप्रतिनिधिको टोलीले हात्तीको प्रयोग गरी खोजी गरेको थियो। घटनास्थल जितपुरबाट करिब ४–५ किलोमिटर पूर्वमा रहेको प्रहरीले जनाएको छ। शव मृतकका छोराले सनाखत गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया