जनकपुरधाम । मिटरब्याजसम्बन्धी विवादमा पीडित एक महिलाले बुधबार जनकपुरधाममा आत्मदाहको प्रयास गरेकी छन्।

जनकपुरधाम उपमहानगरपालिका–४ की फुलकुमारी रजकले धनुषा जिल्ला अदालत अगाडिको सडकमा आत्मदाहको प्रयास गरेकी हुन्। मिटरब्याजपीडितहरूले अदालत परिसरमा नाराबाजीसहित प्रदर्शन गरिरहेका बेला उनले शरीरमा पेट्रोल खन्याएपछि प्रहरीले तत्काल हस्तक्षेप गरी उद्धार गरेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार प्रहरीले रजकलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल पठाएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रदर्शनका क्रममा रजकले अदालतबाट आफूले न्याय नपाएको गुनासो गरेकी थिइन्। मिटरब्याजपीडितहरूले आफूहरूका समस्या समाधान र न्यायको माग गर्दै अदालत अगाडि प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com