काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद मनिष झाले सरकारको कार्यशैली र शासन सञ्चालनको तौरतरिकामाथि प्रश्न उठाएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत झाले कसैको नाम उल्लेख नगरी ‘दृष्टि मात्र पर्याप्त हुँदैन, दृष्टिकोण आवश्यक हुन्छ’ भन्दै सरकारको कार्यशैलीप्रति संकेतपूर्ण टिप्पणी गरेका हुन्।

आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारका कामकारबाहीप्रति पनि खुलेर प्रश्न उठाउँदै आएका झा राज्य सञ्चालनमा जनअपेक्षाअनुसार सुधार आवश्यक रहेको बताउँदै आएका छन्।

उनले सरकारको आलोचना केवल विरोधका लागि नभई शासन प्रणालीलाई प्रभावकारी, जवाफदेही र नागरिकमैत्री बनाउनुपर्ने उद्देश्यले गरिनुपर्ने धारणा राख्दै आएका छन्। विशेषगरी गृह प्रशासन, नागरिक सुरक्षा र सामाजिक न्यायका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका छन्।

सरकारको नियतमाथि मात्रै प्रश्न उठाउनुभन्दा काम गर्ने शैली, निर्णय प्रक्रिया र कार्यान्वयनको गति सुधार गर्नुपर्ने झाको मुख्य जोड रहँदै आएको छ।

प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com