काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका रिक्त विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारी टुंग्याएको छ।

शुक्रबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सहमहामन्त्री, सहप्रवक्ता तथा संगठन विभाग प्रमुखको जिम्मेवारी तोकेको हो।

बैठकले जगदीश खरेललाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ। डा. मनोहर प्रधान कोषाध्यक्ष र बसुमाया तामाङ सहकोषाध्यक्षमा मनोनित भएका छन्।

त्यस्तै पुरुषोत्तम यादवलाई सहमहामन्त्री तथा ननिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको छ।

संगठन विभाग प्रमुखको जिम्मेवारी भने प्रमोद न्यौपानेलाई दिने निर्णय भएको छ।

रास्वपाका अनुसार पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न पदमा जिम्मेवारी बाँडफाँट गरिएको हो।

यद्यपि पार्टीका केही महत्वपूर्ण पद अझै रिक्त छन्। एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री पदमा मनोनयन हुन बाँकी रहेको छ। ती पदमा आगामी केन्द्रीय समिति बैठकबाट जिम्मेवारी तोक्ने तयारी रास्वपाको छ।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com