काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
पार्टीले आफ्नो सबै राजनीतिक तथा सांगठनिक गतिविधि स्थगित गर्दै देशभरका कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा खटिन निर्देशन दिएको छ। साथै, बेपत्ताको खोजी तीव्र बनाउन, घाइतेको निःशुल्क उपचार गर्न र प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनाका लागि ठोस योजना ल्याउन सरकारसँग आग्रह गरेको छ।
प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार













प्रतिक्रिया