काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम सहयोग गर्ने निर्णय गरिएको हो।

नगद सहयोगसँगै नेकपाले बाढी प्रभावित जिल्लामा आवश्यकताअनुसार राहत सामग्रीसमेत पठाउने तयारी गरेको छ। विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु पार्टीको सामाजिक दायित्व भएको उल्लेख गर्दै प्रवक्ता ज्वालाले राहत सहयोगको प्रक्रिया अघि बढाइएको जानकारी दिए।

उनका अनुसार प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी नगद तथा राहत सामग्री वितरणलाई प्रभावकारी बनाइनेछ। विपद्बाट प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन पार्टीले आफ्ना सम्बन्धित संरचनालाई समेत परिचालन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com