काठमाडौं । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्जिनियर दीपककुमार साहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको शपथ लिएका छन् ।
पूर्वउद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त रहेको पदमा प्रधानमन्त्री वालेन्द्र शाहले साहलाई मन्त्रीका रूपमा सिफारिस गरेका थिए ।
राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको उपस्थितिमा साहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यादवले बिहीबार उद्योगमन्त्री पदबाट राजीनामा दिएपछि सोही दिन प्रधानमन्त्री शाहले साहलाई नयाँ उद्योगमन्त्रीका रूपमा सिफारिस गरेका थिए ।
प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार











प्रतिक्रिया