काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त चार जना नयाँ न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले नवनियुक्त न्यायाधीशहरूलाई शपथ गराएका हुन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।
नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण रहेका छन्।
उनीहरू यसअघि उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशका रूपमा कार्यरत थिए। चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट स्वीकृत भएपछि नियुक्तिको प्रक्रिया अघि बढेको थियो।
प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया