काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतमा एक वर्षभित्र तीन पटक आगलागी भएको घटनाप्रति गम्भीर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बस्नेतले सर्वोच्च अदालतमा पटक–पटक आगलागी हुनु सामान्य संयोग मात्र हो कि यसको पछाडि आपराधिक षड्यन्त्र रहेको छ भन्ने प्रश्न गरेका हुन्।

‘एक वर्षमा ३ पटक सर्वोच्च अदालतमा आगलागी! यो संयोग मात्रै हो कि आपराधिक षड्यन्त्रको खेल?’ बस्नेतले प्रश्न गरेका छन्।

उनले आगलागीका कारण न्यायसँग सम्बन्धित महत्वपूर्ण अभिलेख तथा प्रमाण नष्ट गर्ने र अपराधमा संलग्न व्यक्तिलाई जोगाउने प्रयास त भइरहेको छैन भन्ने आशंकासमेत व्यक्त गरेका छन्।

‘न्यायका अभिलेख र प्रमाण नष्ट गरेर अपराधी बचाउने प्रयास त होइन?’ उनले प्रश्न गरेका छन्।

बस्नेतले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी आगलागीको वास्तविक कारण सार्वजनिक गर्नसमेत माग गरेका छन्।

‘निष्पक्ष र स्वतन्त्र छानबिन गरियोस्,’ उनले भनेका छन्, ‘सत्य जनतासामु ल्याइयोस्।’

यसअघि पनि सर्वोच्च अदालतमा आगलागीका घटना भएको उल्लेख गर्दै बस्नेतले पछिल्लो घटनालाई समेत गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्नुपर्ने बताएका हुन्।

 

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com