काठमाडौं । प्रतिनिधि सभाले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको विधेयक सर्वसम्मतिले पारित भएको हो ।

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि विस्तृत छलफल भइसकेको जानकारी दिइन् । उनले विधेयक निर्माण गर्दा बालबालिकाको अधिकारलाई प्राथमिकतामा राखिएको बताइन् ।

तालिम लिन इच्छुक विद्यार्थीका लागि निश्चित मापदण्ड तय गरिएको उल्लेख गर्दै गौतमले दुर्गम तथा विकट क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिने व्यवस्था विधेयकमा समेटिएको जानकारी दिइन् ।

विधेयकमाथिको छलफलमा विभिन्न सांसदले सहभागिता जनाउँदै आफ्ना धारणा राखेका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक असोज ६ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com