काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा हिजो सोमबार भएको बस आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

हिजो मध्यान्ह ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा उनी घाइते भएका थिए । उनको शरीको ९० प्रतिशत भाग जलेको बताइएको थियो । सुरक्षाकर्मी र स्थानीयले घाइतेलाई गाडीबाट निकालेर कीर्तिपुर अस्पताल पुर्याएका थिए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले मृतकको नाम र ठेगाना खुल्न बाँकी रहेको बताए ।

उनको साथमा रहेको लाइसेन्सको आधारमा प्रहरीले चालक दावा लामा बताएको थियो । तर, दावाले लाइसेन्सवाला दावा आफू भएको र सकुशल रहेको बताएका थिए । मृतक चालकले लाइसेन्सको दुरूपयोग गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com