काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित केही नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेशको तयारीमा रहेको बताइएको छ। उनीहरूले शुक्रबार रास्वपा सभापति रवि लामिछानेसँग भेट गरी आगामी निर्वाचनमा सहकार्यबारे छलफल गरेका छन्।

खानले भने आफू रास्वपामा प्रवेश गरिसकेको कुरा अस्वीकार गर्दै चुनावी सहकार्यबारे मात्र छलफल भएको बताएका छन्। यता, रास्वपामा प्रवेश गरेका सुरेन्द्रनारायण यादवले भने खानसहित केही नेता पार्टीमा आइसकेको र उनीहरूको जिम्मेवारी तथा समायोजनबारे छलफल भइरहेको दाबी गरेका छन्।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com