काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।
भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहदरबारमा भएको बिदाइ भेटमा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा विपद्का बेला भारतले गरेको सहयोगप्रति धन्यवाद दिए।
कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत श्रीवास्तवलाई प्रधानमन्त्री शाहले सफल कार्यकालका लागि बधाई तथा आगामी यात्राका लागि शुभकामना दिए।
भेटमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपालमा विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराउँदै नेपाल सरकार र नेपाली जनताप्रति आभार व्यक्त गरेका थिए।
प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया