काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशनमा सहभागी नहुने बताएका छन्।

आफूहरूलाई महाधिवेशनमा निमन्त्रणा नगरेको दाबी गर्दै महतले यस्तो बताएका हुन्। महतले भने, ‘देउवा महाधिवेशनमा सहभागी नहुने र हामीहरूलाई बोलाएको भनेर संस्थापन पक्षले मिडियाबाजी मात्रै गरेका हुन्, हामीलाई बोलाएकै छैनन्।’

गगन थापा नेतृत्वको कांग्रेसले आजदेखि काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन सुरु गर्दैछ। संस्थापन पक्षले देउवालाई महाधिवेशन उद्घाटनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन आग्रह गरेको बताउँदै आएको छ।

महतले देउवा नेतृत्वमै १५औँ महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन्। कांग्रेसभित्र विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वको वैधानिकता र नियमित महाधिवेशनको प्रक्रियालाई लिएर विवाद जारी छ। उक्त विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रियामा रहेको छ।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com