काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।

आइतबारदेखि जारी कांग्रेसको १५औँ महाधिवेशनमा चौधरीले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। पार्टीको विधान संशोधनमार्फत उपसभापतिसहितका पदाधिकारीको संख्या थप्ने तयारी भइरहेका बेला चौधरीले उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेका हुन्।

चौधरी १४औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि विशेष महाधिवेशनबाट पनि उनी केन्द्रीय सदस्यमा दोहोरिएका थिए।

कांग्रेसको विधान संशोधन समितिले पदाधिकारीको संख्या थप गर्ने प्रस्ताव तयार पारेको छ। प्रस्तावअनुसार एक वरिष्ठ उपसभापति, एक महिला उपसभापति, एक महिला महामन्त्री तथा खुलातर्फ दुई सहमहामन्त्री थप गर्ने तयारी छ।

हाल कांग्रेसको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ११ जना सहमहामन्त्री गरी १६ जना पदाधिकारी रहने व्यवस्था छ। विधान संशोधन प्रस्ताव पारित भएमा पार्टीको नेतृत्व संरचनामा थप पदाधिकारी समेटिनेछन्।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com