काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतलाई प्रहरीले पक्राउ गर्न लागेको भन्ने खबर निराधार र भ्रामक रहेको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ।
संघका प्रवक्ता निरोज पौडेलले बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएका छन्।
सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा बस्नेत पक्राउ पर्न लागेको खबर फैलिएपछि युवा संघले त्यसको खण्डन गरेको हो। संघले अफवाहको पछि नलाग्नसमेत आग्रह गरेको छ।
यस्ता खबर नेता तथा पार्टी नेतृत्वको चरित्रहत्या गर्ने उद्देश्यले फैलाइएको संघको दाबी छ। उसका अनुसार बस्नेत नियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा सक्रिय छन्।
प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया