काठमाडाैं । स्थानीय बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई हजार २०० रुपैयाँले घटेर दुई लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार प्रतितोला चार हजार ४१५ रुपैयाँ रहेको चाँदी मंगलबार ६० रुपैयाँ घटेर चार हजार ३५५ रुपैयाँमा कारोबार हुँदैछ।
प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार











प्रतिक्रिया