काठमाडाैं । नेपाली बजारमा बिहीबार पनि सुन र चाँदी दुबैको मूल्य घटेको छ।
शुक्रबारदेखि घट्ने क्रममा रहेको सुन आज प्रतितोला तीन हजार तीन सय रूपैयाँ घटेर दुई लाख ५७ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन प्रतितोला दुई लाख ६० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४५ रूपैयाँले घटेर तीन हजार तीन सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार













प्रतिक्रिया