काठमाडौं । भारतको मध्य प्रदेशस्थित विदिशा जिल्लाको गंजबासोदामा घरको तेस्रो तलाको कौसीबाट गुट्खा थुक्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय प्रभु लाल गुप्ताको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार दिउँसो कौसीमा उभिएका गुप्ता घरनजिकैबाट गएको ११ केभीको हाईटेन्सन विद्युत् तारको सम्पर्कमा आएका थिए। करेन्ट लागेपछि गम्भीर रूपमा जलेका उनको मृत्यु भएको हो। घटनाबारे जानकारी पाएपछि आपत्कालीन उद्धार टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको अनुसन्धान थालेको छ।

मूल रूपमा छतरपुरका बासिन्दा गुप्ता विगत १० वर्षदेखि गंजबासोदामा भाडाको घरमा बस्दै आएका थिए। उनी मेकानिकको काम गरेर जीविकोपार्जन गर्दै आएका थिए।

घटनापछि स्थानीयले घरनजिकैबाट गएको हाईटेन्सन लाइन हटाउन पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको आरोप लगाएका छन्। स्थानीय मनिष विश्वकर्माले विद्युत् लाइन र उपकरणको नियमित मर्मतसम्भार नभएको भन्दै सम्बन्धित निकायसँग निरीक्षण र सुधारको माग गरेका छन्।

घरधनी पद्मा चिधरले पनि विद्युत् कम्पनीका अधिकारीलाई लाइन हटाउन पटक–पटक आग्रह गरेको तर आश्वासन पाए पनि काम अघि नबढेको बताएकी छन्।

प्रकाशित मिति: ९ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com