काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को देश विकासप्रतिको स्पष्ट दृष्टिकोणबाट आफू प्रभावित भएको बताएका छन्।
प्रधानमन्त्री बालेनसँग केही घण्टासम्म भएको कुराकानीका क्रममा आफूले उनको विकाससम्बन्धी सोच र स्पष्ट दृष्टिकोण अनुभूति गरेको मोदीले बताएका हुन्।
यसैगरी, नेपालमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि बालेनले संयुक्त राष्ट्रसंघ (यूएन) को समारोहमा दिएको मन्तव्यको समेत मोदीले प्रशंसा गरेका छन्।
मोदीको यस अभिव्यक्तिलाई प्रधानमन्त्री बालेनको नेतृत्व र विकाससम्बन्धी दृष्टिकोणप्रतिको सकारात्मक प्रतिक्रियाका रूपमा हेरिएको छ।
प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार












प्रतिक्रिया