काठमाडौं । बैतडीको ऐरीगाउँ आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो ४.२ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर ६ मिनेटमा भूकम्प गएको हो।
केन्द्रका भूकम्पविज्ञ लोकविजय अधिकारीले ऐरीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको जानकारी दिएका छन्। उनका अनुसार भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा महसुस गरिएको थियो।
प्रकाशित मिति: ९ कार्तिक २०८३, आइतबार












प्रतिक्रिया