दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गाजरीमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्।
४८ वर्षीय केशव विकको घरमा शनिबार दिउँसो जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट ७१ हजार ७७५ रुपैयाँ नगद र तीन बुक तास बरामद गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: ९ कार्तिक २०८३, आइतबार












प्रतिक्रिया