काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत २४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ सभापति चयन गरेको छ।

निर्वाचित सभापतिहरूमा सङ्खुवासभाका रामकुमार जिमी, भोजपुरका धर्मराज राई, हुम्लाका सूर्यबहादुर शाही, जुम्लाका नेत्रकला शाही, मुगुका तिलक मल्ल, रुकुम पश्चिमका नन्दबहादुर विष्ट र कालिकोटका नगेन्द्र विष्ट छन्।

त्यस्तै डोटीमा बाजीसिंह खड्का, बैतडीमा वीरबहादुर विष्ट, दैलेखमा दिनेशकुमार हमाल, दार्चुलामा सुरेन्द्र अवस्थी र सल्यानमा दीपक चन्द सभापति चयन भएका छन्।

मधेश, बागमती र लुम्बिनी प्रदेशअन्तर्गत धनुषामा कोमलकान्त झा, चितवनमा मिलनबाबु श्रेष्ठ, प्युठानमा देवेन्द्र बर्मा र कपिलवस्तुमा राजेश सिंह निर्वाचित भएका छन्।

गण्डकी प्रदेशका पर्वतमा यमबहादुर (रामकृष्ण) मल्ल, म्याग्दीमा हिराबहादुर पुन र कास्कीमा ऋषिलाल काफ्लेले नेतृत्व पाएका छन्।

यसैगरी रोल्पामा मानबहादुर खत्री, बारामा राजेश राय यादव, झापामा कृष्ण हुमागाईं, सिन्धुपाल्चोकमा बालकृष्ण बस्नेत र बझाङमा हर्कजंगबहादुर सिंह सभापति चयन भएका छन्।

२४ जिल्लामा अधिवेशन सम्पन्न भएसँगै देउवा समूहको १५औँ महाधिवेशनअन्तर्गत जिल्ला नेतृत्व चयन प्रक्रिया अघि बढेको छ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This