काठमाडौं । नेपाली कांग्रेस बाजुराका युवा नेता नरेश केसीले पार्टी सभापति गगन थापामाथि विभिन्न आरोप लगाएर फसाउने प्रयास भइरहेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केसीले गगन थापासँग डराएर बालेन नेतृत्वको सरकारले उनीमाथि विभिन्न आरोप लगाउने र फसाउने काम गरिरहेको आरोप लगाएका हुन्।
उनले सरकारलाई लक्षित गर्दै भनेका छन्, ‘गगन थापासँग डराएर बालेन सरकार गगन थापामाथि विभिन्न आरोप लगाएर हाम्रो सभापतिलाई फसाउने काम हुँदैछ।’
केसीले सरकारलाई आफ्नो कार्यशैली सुधार्न चेतावनी दिँदै नसुध्रिए आफूहरू सरकारलाई सुधार्न तयार रहेको बताएका छन्।
प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार













प्रतिक्रिया