काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले विभिन्न कारणले जिम्मेवारी पूरा नगरेको भन्दै सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।

मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका सात कर्मचारीलाई सेवाबाट हटाइएको जनाएको हो ।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) र (ज) मा व्यवस्था गरिएका कसुर गरेको ठहर गर्दै उनीहरूमाथि सेवाबाट हटाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

सेवाबाट हटाइएकामा पुजन न्यौपाने, सृष्टि भुषाल, संयोग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।

मन्त्रालयका अनुसार सेवाबाट हटाइएका सात जनामध्ये चार जना कार्यालयमा हाजिर नभएको तथा तीन जना स्वीकृति नलिई बिदामा बसेको पाइएको छ ।

सोही कसुरका आधारमा कानुनी प्रक्रिया अघि बढाउँदै उनीहरूलाई सरकारी सेवाबाट हटाइएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com