काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले विभिन्न अभियान सञ्चालन गरे पनि जनतासँग प्रभावकारी सम्बन्ध स्थापित गर्न नसकेको स्वीकार गरेका छन् ।

पार्टीको राष्ट्रिय भेलामा शुद्धीकरण र सुदृढीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पोखरेलले वडा केन्द्रित, जरा केन्द्रित र ग्रासरुट अभियानसमेत औपचारिकतामा सीमित भएको बताएका हुन् ।

उनका अनुसार जनतासँगको संवाद कमजोर हुँदा पार्टीले बदलिँदो जनमनोविज्ञान बुझ्न सकेन र निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न सकेन । जनाधार फर्काउन जनताका समस्या पहिचान गरी समाधानको नेतृत्व गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

पोखरेलले उम्मेदवार छनोटमा नेतृत्वलाई मात्र दोष दिने प्रवृत्तिको पनि आलोचना गरे । अब कार्यकर्ताले नै उम्मेदवार छनोट गर्ने र आफूले छानेका उम्मेदवारलाई जिताउने जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

उम्मेदवार छनोट गर्दा व्यक्तिगत अनुमानभन्दा जनमत सर्वेक्षण र व्यापक सुझावका आधारमा वैज्ञानिक प्रणाली अपनाउनुपर्ने उनले बताए ।

‘उम्मेदवारहरू पनि तपाईंहरू आफैँ छान्नुस् र जिताएर देखाउनुस्,’ पोखरेलले कार्यकर्तालाई आग्रह गर्दै भने ।

प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com