काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ । काठमाडौँको बबर महलस्थित कार्की व्यांकेटमा बिहान ११ बजेदेखस भेला सुरु हुने पार्टीले जनाएको छ ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए । हिजो बसेको पार्टी स्थायी कमिटीको बैठकले बैठकका एजेन्डाहरू अनुमोदन गरेको छ । जसमा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरूको कार्यान्वयन एकरुपमता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने भट्टले जानकारी दिए ।

भेलामा केन्द्रीय कमिटीका सदस्यहरू,प्रदेश र जिल्लाका पदाधिकारी,पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष,जनसङ्गठन,केन्द्रीय निकाय,सङ्घीय र प्रदेशका सांसदहरू,स्थानीय तहका प्रमुख र उपप्रमुखहरू सहभागी हुनेछन् ।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सहित सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी वरिष्ठ नेता विद्यादेवी भण्डारी,उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।

प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com