काठमाडौं । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर अधिकृत निवास (क्वार्टर) मा बस्दै आएका केसी मंगलबार बिहान मृत अवस्थामा भेटिएका हुन्। बिहान साढे ९ बजेसम्म पनि उनी नउठेपछि प्रहरी टोली निवासमा पुगेर जाँच गरेको थियो। ढोका लामो समयसम्म नखुलेपछि प्रहरीले झ्यालबाट प्रवेश गरी उनलाई अचेत अवस्थामा बाहिर निकालेको थियो।

तत्काल अस्पताल पुर्‍याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

गुल्मीका प्रहरी प्रमुख एसपी भीमकिरण बोगटीका अनुसार केसीको मृत्युको कारण पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै खुल्नेछ।

प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com