विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगीले वैवाहिक जीवन सुरु गर्ने भएका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आगामी मंसिर १० गते विवाह गर्ने तयारी गरेका हुन्।

ढकालका अनुसार विवाहका लागि निमन्त्रणा कार्ड छपाउनेदेखि अन्य आवश्यक व्यवस्थापनका काम अघि बढिसकेका छन्। विराटनगर–३ स्थित दूधफारममा रहेको उनको निवासमा पनि विवाहको तयारी भइरहेको छ।

“मंसिर १० मा हामी विवाह बन्धनमा बाँधिँदै छौँ। कार्ड छपाइलगायत विवाहका अन्य तयारीको काम भइरहेको छ,” ढकालले बताएका छन्।

विवाह समारोह झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरबाट आयोजना हुने तय भएको छ।

ढकाल र डाँगीको व्यक्तिगत सम्बन्ध यसअघि पनि राजनीतिक वृत्तमा चर्चामा रहँदै आएको थियो।

डाँगी रास्वपाकी नेतृ हुन्। उनी २०७९ सालको निर्वाचनमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन्। २०८२ सालको निर्वाचनमा भने झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन्। उनी पार्टीको केन्द्रीय नेतृत्वमा समेत आबद्ध छिन्।

प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com