काठमाडौं । नेकपा (एमाले) बाट निर्वाचित गोरखाको धार्चे गाउँपालिका-३ का वडाध्यक्ष शेरबहादुर गुरुङ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

बिहीबार नेकपाको राष्ट्रिय जागरण अभियानअन्तर्गत खोर्लाबेंसीमा आयोजित कार्यक्रममा गुरुङ पार्टी प्रवेश गरेको नेकपा धार्चेका अध्यक्ष सूर्य गुरुङले जानकारी दिए । कार्यक्रममा नेकपाका नेताहरूले उनलाई खादा लगाएर स्वागत गरेका थिए ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा गुरुङ ३८७ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका थिए । उक्त वडाका चार जना वडा सदस्य भने तत्कालीन नेकपा (माओवादी केन्द्र) ले जितेको थियो ।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com