काठमाडौं । प्रहरीले हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीलाई नियन्त्रणमा लिएको छ । गाउँपालिकाकै एम्बुलेन्स चलाउँदै आएका चंखेली गाउँपालिका—४, का पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी जङ्गबहादुर सिंहले बताए ।

उनका अनुसार, बिहीबार अध्यक्ष शाहीले चालक सिंहलाई कुटपिट गरेका थिए । चालक सिंहले लामो समयदेखि आफ्नो पारिश्रमिक नपाएको र अध्यक्षकहाँ माग्न गएको बताइएको छ । सिंह विगत ५र६ वर्ष देखिनै एम्बुलेन्स चालकका रूपमा कार्यरत रहेका छन् ।

अध्यक्षको कुटपिटबाट घाइते भएका सिंहलाई जिल्ला अस्पताल हुँदै उपचारका लागि नेपालगन्ज पठाइएको सूचना अधिकारी सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com