काठमाडौं । प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित भारतीय दुई नागरिक पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बैशाली जिल्ला, ग्राम चरबाजे निवासी २४ वर्षीय सत्यम कुमार र बाबन घाट निवासी २० वर्षीय रोहन कुमार छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रभुसन यादवका अनुसार शुक्रबार उनीहरुलाई राप्ती नगरपालिका– १ लोथरबाट पक्राउ गरिएको हो।

हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ नम्बरको भारतीय कन्टेनर जाँच गर्ने क्रममा कन्टेनरको अगाडिको भागमा चालक सिटको पछाडि क्याबिनमा फल्स बटम (गोप्य ठाउँ) बनाई लुकाइछिपाई राखिएको अवस्थामा ४४३ किलो गाँजा फेला परेको उनले बताए।

प्रहरीले कन्टेनर र कन्टेनर चालक सत्यम र सह चालक रोहनलाई नियन्त्रणमा लिएको उनले बताए। पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको उनले बताए ।

प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com