काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन्।

प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भोलि आइतबार मंसिर ६ गते भारत प्रस्थान गर्दैछन्। उनी दिउँसो १ः४५ बजे नेपाल वायु सेवा निगमको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली जाने कार्यक्रम रहेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह भारतको राजकीय भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा उनलाई विमानस्थलमा भारत सरकारका तर्फबाट राज्यमन्त्री प्रसादले स्वागत गर्ने कार्यक्रम तय भएको छ।

गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो। दुईदिने भ्रमणलाई नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com