काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीचको भेटवार्ता सम्पन्न भएको छ।

नयाँदिल्लीस्थित होटल ताजमा आइतबार साँझ ६ बजेदेखि ६ः३० बजेसम्म उनीहरूबीच भेटवार्ता भएको हो।

भेटका क्रममा विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री शाहको भारत भ्रमणअन्तर्गत सोमबार हुने औपचारिक कार्यक्रमबारे जानकारी गराएका थिए।

उनले सोमबार नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने उच्चस्तरीय वार्ता तथा दुवै देशका प्रतिनिधिमण्डलबीच हुने छलफलका विषयमा प्रधानमन्त्री शाहलाई जानकारी गराएका हुन्।

उक्त वार्तामा हुन सक्ने सहमति, सम्झौता तथा विभिन्न विकास परियोजनाको शिलान्यासलगायतका विषयमा समेत छलफल भएको बताइएको छ।

यसैबीच, प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीचको भेटवार्तापछि नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच छुट्टै भेटवार्ता भइरहेको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने द्विपक्षीय वार्तालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। उक्त वार्तामा दुई देशबीचको व्यापार, ऊर्जा, लगानी, पारवहन तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com