काठमाडौं । नेपाली खेलकुद क्षेत्रका अभियन्ता पुष्पलाल रोकाया ‘ज्वाला’को पहलमा नेपाल क्योकुशिन कराते संघ (KWF Nepal) ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत फुलकन्ट्याक्ट करातेका पदक विजेता खेलाडीलाई नगद पुरस्कार घोषणा गरेको छ।
घोषणाअनुसार महिला तथा पुरुषतर्फ प्रत्येक तौल समूह र काता विधामा स्वर्ण पदक जित्ने खेलाडीले जनही ६० हजार, रजत पदक विजेताले ३० हजार र कांस्य पदक विजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै, राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका संघका प्रत्येक खेलाडीलाई ५ हजार रुपैयाँ पोषण भत्ता र मायाको चिनोस्वरूप टी–सर्ट प्रदान गरिनेछ। पुरस्कार वितरण कार्यक्रम आगामी मंसिर १४ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने संघले जनाएको छ।
बझाङ जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्षसमेत रहेका रोकायाले जिल्लाको खेलकुद विकास र राष्ट्रियस्तरमा करातेको प्रवर्द्धनमा योगदान दिँदै आएका छन्। उनकै कार्यकालमा बझाङले १५औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा राष्ट्रिय खेलकुदका प्रदेश छनोट प्रतियोगितामा तृतीय स्थान हासिल गरेको थियो।
खेलाडीको मेहनत र प्रतिभाको गर्दै उनीहरूलाई थप प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार घोषणा गरिएको जनाइएको छ।
प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार













प्रतिक्रिया