काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो (आइतबार) सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँले बढेको छ। महासंघले सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ निर्धारण गरेको छ।
प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार













प्रतिक्रिया