काठमाडौं । केही सातादेखि निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्यमा पुनः वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो।
महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ कायम थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार १४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो।
केही सातादेखि लगातार घटिरहेको सुनचाँदीको मूल्यमा सोमबारदेखि सुधार देखिन थालेको हो। लगातार दोस्रो दिन मूल्य बढेसँगै बजारमा पुनः मूल्यवृद्धिको संकेत देखिएको छ।
प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार













प्रतिक्रिया