काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारत भ्रमणका क्रममा खिचिएको एउटा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफ्नो टिमको प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग विमानभित्र खिचिएको सामूहिक तस्बिर फेसबुकमा पोस्ट गरेका हुन् ।
तस्बिरसँगै उनले लेखेका छन्, ‘देश उभो लाउने टोली ! निकै मेहनती मान्छेहरू !’
प्रधानमन्त्रीको यो पोस्टले सामाजिक सञ्जालमा ध्यान तानेको छ । उनको छोटो टिप्पणीमा सरकारको टिमप्रतिको विश्वास, सहकार्य र मन्त्रीहरूसँगको आत्मीयता झल्किएको देखिन्छ ।
तस्बिरमा प्रधानमन्त्री शाह बीचमा छन् भने अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल दुवैतर्फ उभिएका छन् । तीनै जना कालो पहिरन र नेपाली ढाकाटोपीमा देखिएका छन् ।
प्रधानमन्त्रीको ‘देश उभो लाउने टोली’ भन्ने अभिव्यक्तिले देशको आर्थिक, कूटनीतिक तथा विकाससम्बन्धी जिम्मेवारी सम्हालेका सहयात्री मन्त्रीहरूप्रतिको विश्वास र सामूहिक प्रयासलाई संकेत गरेको बुझ्न सकिन्छ ।
प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि सहभागी थिए । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता हुनुका साथै आर्थिक सहयोग, व्यापार, पूर्वाधार र दुई देशबीचको सहकार्यका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार













प्रतिक्रिया