काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकको पक्षमा पत्रकारहरूले देशभर गरेको विरोध प्रदर्शनप्रति समर्थन जनाएका छन्।
‘सामूहिक गिरफ्तारी गर’ भन्ने नारासहित पत्रकारहरूले गरेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै बस्नेतले प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकको सम्मान हुनुपर्ने बताएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पत्रकारहरूको विरोध कार्यक्रमप्रति पूर्ण समर्थन रहेको उल्लेख गरेका छन्।
‘सामूहिक गिरफ्तारी गर भन्दै पत्रकारहरूले देशभर गरेको विरोध कार्यक्रमप्रति पूर्ण समर्थन छ। प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकको सम्मान हुनैपर्छ,’ उनले लेखेका छन्।
उनले प्रेस स्वतन्त्रताको संरक्षण र नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्नु लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण पक्ष भएको सन्देश दिएका छन्।
प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार













प्रतिक्रिया