काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन्।
राष्ट्रपति पौडेल बुधबार दिउँसो २ः४५ बजे काठमाडौं महानगरपालिका–३, महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (मनमोहन सेन्टर) को एनेक्स भवनमा पुगेका हुन्।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको बताइएको छ।
प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार













प्रतिक्रिया