काठमाडौं  । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बूढीगण्डकी बहुउद्देश्यीय जलविद्युत् आयोजना निर्माणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्।

बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय तथा आवास भवन र बूढीगण्डकी नदीमाथि निर्माण हुने स्थायी पक्की पुलको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री लम्सालले आयोजनाको काम अघि बढाउन सरकारका तर्फबाट आर्थिक स्रोतको कमी हुन नदिने बताएका हुन्।

उनले आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्नु सरकारको प्रमुख प्रतिबद्धता रहेको स्पष्ट पारे। आयोजना व्यवस्थापनलाई आवश्यकताअनुसार खर्च गर्न आग्रह गर्दै उनले बजेटको अभावमा कुनै पनि काम प्रभावित हुन नदिने बताए।

‘बूढीगण्डकी बहुउद्देश्यीय प्रोजेक्टमा बजेट अभाव हुँदैन, यो सरकारको प्रतिबद्धता हो। आयोजनाले जति खर्च गर्छ, खर्च गरोस्, हामी आर्थिक अभाव हुन दिँदैनौँ,’ मन्त्री लम्सालले भने।

प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com