काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकले जाडो मौसमलाई लक्षित गर्दै उपभोक्ताका लागि विशेष उपहार योजना ‘विन्टर अफर’ सार्वजनिक गरेको छ। योजनाअन्तर्गत एक्स्ट्रिमका क्यानमा रहेको क्यूआर कोड स्क्यान गरेर सुनको क्यान जित्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार क्लासिकसहित पाँचवटै स्वादका एक्स्ट्रिम इनर्जी ड्रिंक खरिद गर्ने उपभोक्तामध्ये छ जना भाग्यशाली विजेताले सुनको क्यान प्राप्त गर्नेछन्।
योजनामा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण दर्ता गर्नुपर्नेछ। विवरण दर्ता गरेपछि स्वतः उपहार योजनामा सहभागी हुन सकिनेछ।
कम्पनीले प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत भाग्यशाली विजेता छनोट गरी घोषणा गर्ने जनाएको छ।
पाँच नयाँ स्वाद बजारमा ल्याएको अवसरमा सुरु गरिएको यस अभियानले युवा पुस्तामाझ ब्रान्डको लोकप्रियता बढाउनुका साथै उपभोक्तासँगको सम्बन्ध थप मजबुत बनाउने कम्पनीको विश्वास छ।
उपभोक्ताको माया र विश्वासलाई विशेष उपहारमार्फत सम्मान गर्दै जाडो मौसमलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ।
प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार













प्रतिक्रिया