काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट ५० लाख ५० हजार रुपैयाँभन्दा बढी नगद तथा विदेशी मुद्रा बरामद भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार उनीहरूको साथबाट नेपाली ५० लाख ५० हजार रुपैयाँ, ४ हजार २१५ ओमानी रियाल र ५५ संयुक्त अरब इमिरेट्स दिराम बरामद भएको छ।

बुधबार दिउँसो ठमेलस्थित एक होटलमा लुकाएर राखिएको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ। बरामद रकमको स्रोतबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com