काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर रोहित पौडेल विवाह बन्धनमा बाँधिएका छन्। उनले प्रेमिका सिम्रन खड्कासँग थाइल्यान्डमा एक समारोहबीच विवाह गरेका हुन्।

रोहितको विवाह समारोहमा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरालगायत सहभागी भएका थिए।

यसअघि नेपाली क्रिकेटर करण केसीले पनि नेपालबाहिर विवाह गरेका थिए। उनले भारतको चण्डीगढमा प्रेमिका वर्षा बस्नेतसँग लगनगाँठो कसेका थिए।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com