काठमाडौं । गृहमन्त्री सुदन गुरुङ आगामी मंसिर १७ गते वैवाहिक बन्धनमा बाँधिने भएका छन्। उनले आफ्नो गृहनगर गोरखामा विवाह समारोह आयोजना गर्ने तयारी गरेका छन्।

गुरुङको सचिवालयनिकट स्रोतका अनुसार विदेशमा रहेकी उनकी हुनेवाला श्रीमतीसँग यसअघि नै अदालती विवाहको प्रक्रिया पूरा भइसकेको छ। अब परम्परागत तथा औपचारिक कार्यक्रममार्फत विवाहलाई पूर्णता दिन लागिएको हो।

गृहमन्त्री गुरुङको विवाह समारोह गोरखामा आयोजना हुने सचिवालय स्रोतले जनाएको छ।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com