काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धादिङको सिद्धलेक गाउँपालिका–३ का २८ वर्षीय विज्ञान इटनी, दैलेखको नारायण नगरपालिका–९ का ३५ वर्षीय पुष्पराज सोनी, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ बस्ने ३३ वर्षीय रोशन गोले र सिन्धुली मरिण गाउँपालिका–२ घर भएका ४६ वर्षीय लिला बहादुर गरंजा पक्राउ परेका हुन् ।

निजहरूमध्ये विज्ञानले दु्ई जनाबाट रु १० लाख ९५ हजार, पुष्पराजले एक जनाबाट रु पाँच लाख ३० हजार, रोशनले दुई जनाबाट रु दुई लाख ५० हजार र लीलाबहादुरले दुई जनाबाट रु पाँच लाख ५० हजार लिइ सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com