काठमाडाैं । स्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ। छापावाल सुन प्रतितोला तीन हजार ३०० र असली चाँदी १२० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार १०० र चाँदीको मूल्य तीन हजार १९५ कायम भएको छ।
हिजो छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८०० र चाँदीको मूल्य तीन हजार ७५ कायम भएको थियो।
प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार
















प्रतिक्रिया