काठमाडौं । प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मानव अधिकार सुनिश्चित गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा औपचारिक उजुरी परेको छ।
सापकोटाकी पत्नी कविता पाण्डेले शुक्रबार आयोगमा पुगेर उजुरी दर्ता गराएकी हुन्। आयोगले पनि उजुरी प्राप्त भई दर्ता भएको पुष्टि गरेको छ।
न्यायालय, सुरक्षा निकाय तथा राजनीतिक वृत्तमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा सापकोटामाथि अनुसन्धान भइरहेको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल फोन परीक्षणका क्रममा अदालतका मुद्दा मिलाइदिने र प्रहरी अधिकारीहरूको बढुवामा सहयोग गर्ने आश्वासन दिइएका सन्देशहरू फेला परेको दाबीसँगै सापकोता अनुसन्धानको दायरामा तानिएका हुन्।
उनकी पत्नीले भने हिरासतमा रहेका सापकोटाको मानव अधिकार संरक्षणको माग गर्दै आयोगको ध्यानाकर्षण गराएकी छन्।
प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार














प्रतिक्रिया